बिहीबार, मंसिर १४, २०८०

राष्ट्रपति सन्की प्रधानमन्त्रीको प्यादाः रामकुमारी झाक्री

फ्ल्यासन्युज नेपाल२०७७ माघ २८ गते १६:१४

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको बताएकी छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहद्वारा बुधबार काठमाडौँमा आयोजित आमसभामा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन्।

‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर?’

तपाइँको प्रतिक्रिया