मंगलबार, जेठ १६, २०८०

कोरोनाले चीनको जन्मदरमा ठूलो गिरावट, ७२ वर्षकै ठूलो संकट

फ्ल्यासन्युज नेपाल२०७७ माघ २८ गते १०:०३

काठमाडौं। पछिल्लो समय चीनले आफ्नो देशमा जनसंख्या वृद्धि गर्न वर्षौंदेखि लागू गर्दै आएको एक सन्तान जन्माउने नीतिलाई खुकुलो बनाएको छ। सरकार देशको जनसंख्या बढाउने नीति लिएर दुईवटा बच्चा जन्माउने व्यवस्था लागू नभएको रिर्पोटले देखाएको छ।

जनसंख्या वृद्धि गर्ने नीतिविपरित सन् २०२० मा चीनमा जन्मदर घटेको छ। चीनको मिनिस्ट्री अफ पब्लिक सिक्युरिटीका अनुसार २०२० सालको जन्मदर १४.८ प्रतिशतले कमी आएको छ।

७२ सालमै सबैभन्दा ठूलो गिरावट

चीनको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो सालमा एक करोड ३५ हजार बच्चाको जन्म भएको थियो। जबकि अघिल्लो वर्ष करिब दुई करोड बच्चाको जन्म भएको थियो।

यस आर्थिक वर्षको जन्मदरको कमी ७२ वर्षअघि भएको जन्मदरको कमी जस्तै भएको समाचार जनाइएको छ। यसअघि सन् १९४९ मा जन्मदर यति नै ठूलो गिरावट भएको थियो।

चीनका धेरै दम्पती बच्चाको पालन पोषण, स्वास्थ्य, शिक्षालगायत समस्यालाई लिएर बच्चा जन्माउन इच्छुक नभएको देखाएको छ। यसका साथै गत वर्ष आफ्नै देशमा कोरोना भाइरस महामारीका कारण पनि बच्चा नजन्माएको समाचारमा जनाइएको छ। कोरोना भाइरसले चिनियाँ जनताको आर्थिक अवस्थालाई ठूलो क्षति पुर्याकएको थियो। एजेन्सी

तपाइँको प्रतिक्रिया