शुक्रबार, असोज १४, २०७९

प्रचण्ड-नेपाल समूहले आज वृहत प्रदर्शन गर्दै

फ्ल्यासन्युज नेपाल२०७७ माघ २८ गते ८:३८

काठमाडौं । प्रचण्ड नेपाल समूहले आज प्रतिनिधि सभा विघटन विरुद्ध राजधानी काठमाडौमा वृहत प्रर्दशन गर्दै छ । दिउँसो १२ बजे भृकुटीमण्डपमा विरोधसभा गर्नु अघि काठमाण्डौका विभिन्न ठाउँबाट जलुसनिकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

यो समूहको केन्द्रीय सङ्घर्ष समितिले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निस्कने जनाएको छ । प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै बैशाख १७ र २७ गते चुनावको घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । तर, निर्वाचन आयोगले भने यसलाई मान्यता दिएको छैन ।

तपाइँको प्रतिक्रिया