शनिबार, मंसिर २४, २०७९

भागीरथी भट्टको न्यायको माग गर्दै, किर्तिपुरको नयाँ बजारमा श्रद्धाञ्जली सभा

फ्ल्यासन्युज नेपाल२०७७ माघ २७ गते २०:२३

काठमाडौं । बलात्कार पछि हत्या गरेकी बैतडीकी किसोरी भागिरथी भट्टको न्यायको माग गर्दै काठमाडौंको किर्तिेपुर नयाँ बजार स्थित पाँगा दोबाटोमा श्रद्धाञ्जली सभा गरेको छ ।

डब्लुएफएको आयोजनामा सुरु भएको श्रद्धाञ्जली सभामा भट्टको न्यायकोे माग गर्दै बलात्कारी हत्यारालाई कडा कानूनी कार्बाहीको माग गरेका छन् ।

सबै उठौं अति भो,मौन बस्दा क्षति भयो जस्ता नारा सहित प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले बलात्कारी हत्याराको पहिचान नभएको भन्दै सरकारको कडा आलोचना गरेका छन् । निर्मला पन्त लगायतका थुप्रै चेलीहरु बलात्कारपछि हत्या हुँदा समेत सरकार मौन भएको भन्दै श्रद्धाञ्जली सभामा उपस्थित भएकाहरुले आक्रोश पोखेका छन् ।

तपाइँको प्रतिक्रिया