बिहीबार, जेठ १८, २०८०

बलिउड अभिनेता राजीव कपुर रहेनन्

फ्ल्यासन्युज नेपाल२०७७ माघ २७ गते १६:३४

काठमाडौं । हिंदी फ़िल्मका अभिनेता राजीव कपूरको निधन भएको छ । भाइ रणधीर कपूरले राजीवको आज दिउँसो मुटुको चाल बन्द भएर मृत्यु भएको जानकारी दिएका छन् ।

पुराना स्टार राज कपूरका कान्छा छोरा राजिव ५८ वर्षका थिए । उनी रणधीर कपूर र ऋषि कपूरका भाइ हुन् ।

राज कपूरको फिल्म राम तेरी गंगा मैलीबाट अभिनय शुरु गरेका राजीवले ऋषि कपूरको सफल फिल्म प्रेम ग्रंथको निर्देशन पनि गरेका थिए ।

तपाइँको प्रतिक्रिया