सोमबार, चैत १३, २०७९

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

फ्ल्यासन्युज नेपाल२०७७ माघ २७ गते १५:५८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।

शाक्यले प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्व गरेका थिए । शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् ।

लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेकाले पुनः घिसिङलाई नै नियुक्ति दिनुपर्ने माग व्यापकरुपमा उठेपनि सरकारले घिसिङलाई पुनः नियुक्ति दिएको थिएन ।

तपाइँको प्रतिक्रिया