शनिबार, मंसिर २४, २०७९

ओली समूहको युवासंघ अध्यक्षमा बचन सिंह

फ्ल्यासन्युज नेपाल२०७७ माघ २७ गते ९:५०

काठमाडौं । राष्ट्रिय युवा संघ ओली समूहको केन्द्रीय अध्यक्षमा बचन सिंह चयन भएका छन् । युवा संघ इञ्चार्ज महेश बस्नेतले सिंहलाई अध्यक्ष प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले त्यसैलाई पारित गरेको हो ।अध्यक्ष पदमा सिंह र रमेश पौडेल दाबेदार थिए ।

ओली समूहले युवा संघको सहअध्यक्षमा पौडेललाई चयन गरेको छ । यसैगरी रमेश आचार्य महासचिव बनेका छन् ।

उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, किरण गौतम र सुमन पुरी छन् ।

उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी मुकेश बुढाथोकीले पाएका छन् । राकेश लामा र हिमेश केसी सहकोषाध्यक्ष बनेका छन् ।

तपाइँको प्रतिक्रिया