सोमबार, चैत १३, २०७९

मोरक्कोमा बाढीपहिरोमा परी २४ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ माघ २७ गते ९:४२

एजेन्सी । अत्यधिक ठूलो बाढीपहिरोका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा आएको बाढीमा परेर उनीहरूको मृत्यु भए
को हो ।

घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको संख्या यकिन हुन नसकेको बताइएको छ । घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेको छ ।

तपाइँको प्रतिक्रिया