थप ७ जना कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७७ माघ २६ गते १९:०३
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ९४ जना संक्रमित निको भएका छन् ।हाल कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २ हजार ४५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ सय ४४ जना रहेको छ । ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।