बुधबार, मंसिर १३, २०८०

ओली पक्षका कानून व्यवसायीले भने,सार्वभौम अधिकार जनतामा नभई स्वत प्रधानमन्त्रीमा

फ्ल्यासन्युज नेपाल२०७७ माघ २६ गते १८:५६

काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवासायीले सार्वभौम अधिकार जनतामा नभएको दाबी गरेका छन् । प्रतिनिधि सभा विघटन विरुद्ध रिटमाथि प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले जनताबाट निर्वाचित प्रधानमन्त्री भएकाले सार्वभौम अधिकार जनतामा नभइ स्वतः प्रधानमन्त्रीमा रहने दावी गरे ।

उनले गणतन्त्र र संघीयता जस्ता विषय खारेज गर्न मिल्ने व्यवस्था संविधानमा रहेको पनि जिकिर गरे । त्यस्तै अधिवक्ता रमेश वडालले सत्तारुढ नेकपाकै सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नपाउने तर्क गरे । यस्तै उनले नेकपा आधिकारिक रुपमा विभाजन नभएसम्म प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिइरहन नपर्ने दाबी पनि गरे । प्रधानमन्त्री पक्षका कानुन व्यवसायीले सोमबार पनि निरन्तर बहस गर्नेछन् ।

यसैबीच प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारको इजलासमा जानकारी दिए । पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डे विगत लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित थिए ।

तपाइँको प्रतिक्रिया