बुधबार, मंसिर १३, २०८०

यात्रुको माग बढ्दै जाँदा बुद्घ एयरले गर्यो सेवा विस्तार

फ्ल्यासन्युज नेपाल२०७७ माघ २६ गते १६:४२

काठमाडौँ । हवाइ यात्रुको माग बढ्दै गएपछि निजी वायुसेवा कम्पनी बुद्घ एयरले सेवा विस्तार गर्ने भएको छ। योसँगै कम्पनीले दैनिक एक सयवटा उडान अवतरण गर्ने जानकारी दिएको छ।

कम्पनीका बजार तथा बिक्री निर्देशक रुपेश जोशीले भने, ‘हामी हरेक दिन एक सयभन्दा बढी उडान अवतरण गर्नेछौँ। ‘समय यात्रुको, उडान हाम्रो’ नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका हौँ। यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै यो अवधारणा ल्याएका हौंँ।’ कम्पनीले पोखरा, विराटनगर, भैरहवा, सिमरा, भरतपुर, भद्रपुर, जनकापुर र नेपालगञ्ज लगायत गन्तव्यमा उडान संख्या थपेको जानकारी दिँदै जोशीले भने, ‘यात्रु चापलाई मध्यनजर गर्दै अन्य गन्तव्यमा पनि उडान संख्या बढाउने योजना बनाउँदै छौँ।’

हाल कम्पनीले नौवटा एटीआर-७२, तीन वटा एटीआर-४२ र दुईवटा बिचक्राफ्ट गरी जम्मा १४ वटा जहाजमार्फत देशका विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया