बिहीबार, चैत ९, २०७९

ओली समूहको सभा पञ्चर्‍यालीको पुनरावृत्तिःअध्यक्ष माधवकुमार नेपाल

फ्ल्यासन्युज नेपाल२०७७ माघ २६ गते १६:४०

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार ओली समूहले गरेको सभालाई पञ्चर्‍यालीको संज्ञा दिएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको भेलामा बोल्दै अध्यक्ष नेपालले नारायणहिटी अघि गरिएको सभा पञ्चर्‍यालीको पुनरावृत्ति भएको बताएका हुन् ।

सो कार्यक्रममा तीन लाख मानिस उतार्ने भने पनि २०-२५ हजार मानिसहरु मात्रै आएपछि ओली समूहका नेताहरु निराश भएर एक अर्कालाई आरोप गरेर बसेको समेत बताएका छन्।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीसँग जोडिएका व्यक्तिहरु नौटंकी मात्रै गर्न जानेको भन्दै कटाक्षसमेत गरे । उनले राजनीतिमा बिक्न हुँदैन भन्ने कुरा ओली समूहमा देखावटी मात्रै भएको बताए ।

केपी ओलीसँग जोडिएका व्यक्तिहरु नौटंकी गर्न मात्रै सिपालु छन् । प्रहरीजस्तै म्यादीको भर्ना खुलेको थियो । हाम फाल्दै १५ दिने म्यादी केन्द्रीय सदस्य बन्न पुगेका थिए,उनले भने । ओली समूहमा लागेकाहरु कुनै पेसामा इमानदार नरहेको आरोप समेत लगाएका छन् ।

तपाइँको प्रतिक्रिया