बिहीबार, मंसिर १४, २०८०

मंगलबार संसद विघटनसम्बन्धी मुद्दामा बहस नहुने

फ्ल्यासन्युज नेपाल२०७७ माघ २६ गते १६:३८

काठमाडौं संसद विघटनसम्बन्धी मुद्दामा भोलि मंगलबार बहस नगरिने भएको छ।

प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने जानकारी गराएका छन्।

संसद विघटन मुद्दामाअब माघ २८ गते बहस हुनेछ। संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन्।

तपाइँको प्रतिक्रिया