मंगलबार, असोज ११, २०७९

अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने

फ्ल्यासन्युज नेपाल२०७७ माघ २६ गते ११:४७

एजेन्सी । अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका इरानमाथिको कुनै पनि प्रतिबन्ध हटाउन तयार नरहेको बताएका हुन् ।

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले आणविक सम्झौता पालनाका लागि प्रतिबन्ध हटाउनुपर्ने सर्त राखेपछि बाइडेनको पछिल्लो प्रतिक्रिया आएको हो ।

इरानले भने अमेरिकाले लगाएका सबै प्रतिबन्धहरू प्रभावकारीरूपमा हटेको पाइएमा इरानले आफूसहित विश्वका शक्ति राष्ट्रहरूबीच भएको आणविक सम्झौतालाई मान्ने बाध्य हुने बताउँदै आएको छ ।

युरोपेली युनियनका राष्ट्रहरुले पनि सन २०१५ को आणविक सम्झौता पूर्ण पालना गर्न इरानलाई दवाब दिँदै आएका छन् ।

आर्थिक प्रतिबन्ध हटाउने सर्तत सन् २०१५ मा इरान आणविक कार्यक्रमका केही अंशलाई कम गर्न वा फिर्ता लिन सहमत भएको थियो ।

तपाइँको प्रतिक्रिया