कोरोनाको खोप अनुदान बढाइदिन भारतसँग मन्त्रीको आग्रह
फ्ल्यासन्युज नेपाल२०७७ माघ २६ गते १०:०१
काठमाडौं। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोप अनुदान कोटा बढाउन माग गरेको बताएका छन्। उनले भारत सरकारका प्रतिनिधिसँग आग्रह गर्दै खोपको कोटा बढाउन माग गरेको बताएका हुन्।
बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ बनाएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली गएका थिए। सोही क्रममा उनले कोरोनाविरुद्धको खोप बढाउन आग्रह गरेको बताएका हुन्।
उनले भारतसँगको दुई पक्षीय सम्बन्ध थप सुधार गर्न भारतीय पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिए। उनले गत पुस १० गते चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीत गाएर रेकर्ड कायम गरेका थिए।
नेपाललाई भारत सरकारले १० लाख डोज खोप सहयोग गरिसकेको छ।