बुधबार, चैत ८, २०७९

ओलीको कम्युनिष्ट आन्दोलनमा कुनै निष्ठा छैन: नेपाल

फ्ल्यासन्युज नेपाल२०७७ माघ २५ गते १८:११

काठमाडौ । नेकपा दाहाल नेपाल पक्षका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् ।

आइतबार श्रमिक भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले माक्र्सवादलाई अवसरवादको रुपमा बुझि आफ्नो स्वार्थको साधन बनाउन चाहेको आरोप लगाए ।

अध्यक्ष नेपालले आफुहरुमा संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए । आफुहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफुहरुको बाटो सहि रहेको उनको भनाई थियो ।

 

तपाइँको प्रतिक्रिया