बिहीबार, चैत ९, २०७९

थप ३ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ माघ २५ गते १८:०३

काठमाडौँ । नेपालमा थप तीन जना काेराेना  संक्रमितको मृत्यु भएकाे छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २ हजार ३८ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११९ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६० जना संक्रमित निको भएका छन् ।हाल कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।

 

तपाइँको प्रतिक्रिया