आइतबार, चैत १२, २०७९

खैरो हिरोइनसहित दुई पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ माघ २५ गते १०:०६

काठमाडौँ। बेलडाँडी गाउँपालिका ३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। स्तम्भ नम्बर ७८३–२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका १ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका ३ बौनियाका २३ वर्षीय शारदा विकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूको साथबाट लागुऔषधसहित बा ६८ प ३१६९ नंको मोटरसाइकल, नगद रकम चार हजार रुपैयाँ, बैंक चेक, मोबाइल झोला र भारतीय सीमकार्ड बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए। उनका अनुसार लागु औषधसहित पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ।

तपाइँको प्रतिक्रिया