बिहीबार, असोज २०, २०७९

राष्ट्रपतिसहितलाई विपक्षी बनाएको रिटमा आज सुनुवाई हुँदै

फ्ल्यासन्युज नेपाल२०७७ माघ २५ गते १०:०५

काठमाडौँ। संवैधानिक अंगमा पाँच जना प्रमुखसहित ३२ जनालाई संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्त गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै उनले शुक्रबार रिट दायर गरेका थिए।

सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएका छन्। उनले नियुक्ति सिफारिस प्रक्रिया नमिलेको र संसद विघटन भएकाले सुनुवाइ पनि हुन नसक्ने भन्दै सक्कलै फाइल परिषदमै फिर्ता पठाइदिएका थिए।

त्यसको दुई दिनपछि राष्ट्रपति भण्डारीले संवैधानिक अंगहरूमा नियुक्त गरेपछि सभामुख सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले रिटमा नियुक्ति बदरको माग गरेका छन्।

तपाइँको प्रतिक्रिया