मांशहारी आन्दोलन गर्छु भन्नेलाई हाम्रो कानुनले अपराधी करार गर्छ -गृहमन्त्री
काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयअगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षले बृहत् जनसभाको आयोजना गरेको छ।
आमसभा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा एवं राजनीतिक सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री राम बहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पाेखरेल लगायतको उपस्थिति रहेको छ।
सभामा बोल्दै गृहमन्त्री राम बहादुर थापाले मुलुकमा असाधारण स्थिति सिर्जना भएको बताउँदै भने, ‘मुलुक आज आन्दोलित छ। गणतन्त्रको रक्षाको लागि यसरी आन्दोलित भएको हो। असाधारण स्थिति आउनुको कारण सत्ता नेतृत्वको लागि हो।’ प्रचण्डतर्फ इंगित गर्दै मन्त्री थापाले भने, ‘मांशहारी आन्दोलन गर्छु भन्नेहरूलााई कानुनले बन्देज गरेकाे छ। त्यसलाई हाम्राे कानुनले अपराधी करार गर्छ।’
पौष ५ गते प्रतिनिधिसभा विघटन भएसँगै नेकपा दुई खेमामा विभाजित भएपछि दुवै समूहले आफ्नै समूह नै मूल पार्टी भएको दाबी गर्दै आएका छन्।