नक्कली सुनहरू छुटेर गइसके, हामी सक्कली सुन हौँ -शिक्षा मन्त्री
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयअगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षले बृहत् जनसभाको आयोजना गरेको छ।
सभालाई सम्बोधन गर्दै शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले वर्तमान परिस्थितिमा लोकतन्त्र संकटमा परेको स्वीकार गर्दै भनेका छन्, ‘लोकतन्त्र आज संकटमा छ। त्यसकारण आज हामी नाराायणहिटी दरबारअगाडि कार्यक्रम गरेका हाैँ। याे नयाँ जनानदेशकाे तयारी पनि हाे।’ उनले सुन हो या पित्तल हो चिन्नका लागि व्यवहार हेर्नुपर्ने बताउँदै भने, ‘नक्कली सुनहरू छुटेर गइसके। जाे आज नाराायणहिटीअगाडि छौँ, तपाईं अनि हामीहरू नै हाै सक्कली सुन हौँ।’
आमसभा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा एवं राजनीतिक सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री राम बहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पाेखरेल लगायतको उपस्थिति रहेको छ।