दाजुको हत्या गर्ने भाइ पक्राउ, अनुसन्धान जारी
फ्ल्यासन्युज नेपाल२०७७ माघ २३ गते १६:४७
काठमाडौँ। आफ्नै दाजुको हत्या गरेको आरोपमा ४० वर्षीय मानबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ। उनले ४६ वर्षीय दाजु चेत बहादुर बम्जनको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
उनलाई मरिण गाउँपालिका ३ मथौलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा दाजु चेत बहादुरको घटनास्थलमै मृत्यु भएको हो।
घटना भएसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले मान बहादुरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।