आइतबार, चैत १२, २०७९

पुस ५ को संसद विघटनपछिको पहिलो अध्यादेश

फ्ल्यासन्युज नेपाल२०७७ माघ २३ गते १६:४६

काठमाडौँ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बेपत्ता नागरिकसम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालय शितलनिवासका अनुसार बेपत्ता पारिएका नागरिकको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरिएको हो।

मन्त्रिपरिषदको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपश्चात राष्ट्रपतिले अध्यादेश जारी गरेको यो पहिलोपटक हो। अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया