कोभिड–१९ विरुद्धको खोप लगाउने साढे १ लाख नाघ्यो
फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते १८:५८
काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) खोप अभियानअन्तर्गत आज बेलुका ४ बजेसम्म एक लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका छन्। प्राप्त सूचनाअनुसार देशभर ७७ जिल्लाको २०१ खोप केन्द्रबाट खोप लगाइएको हो।
बिहीबारसम्म प्रदेश १ मा २१ हजार ७ सय ५४ जना, प्रदेश २ मा २१ हजार एक सय ८५ जना, बागमती प्रदेशमा ५५ हजार ५ सय ४ जना, गण्डकी प्रदेशमा १७ हजार २ सय ६७ जना, लुम्बिनी प्रदेशमा ३२ हजार ७ सय ९८ जनाले खोप लगाएका छन्। यस्तै, कर्णाली प्रदेशमा ८ हजार ७२ जना र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन्।
यो पहिलो चरणको खोप अभियान हो। यो अभियान आगामी शनिबारसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।