पुस्तक विमोचनमा प्रधानमन्त्री सोध्छन्, ‘तरकारी बेच्ने आमाकाे टमाटर किन फ्यालेको?’
काठमाडौँ । सैनिक एकल महिला तथा घाइते परिवार समूहले काठमाडौँको बुढानिलकण्ठस्थित मानवअधिकारको लागि महिला, एकल महिला समूहको कार्यालय भवनमा पुस्तक विमोचन कार्यक्रम गरेको छ।
द्वन्द्वमा परेका सुरक्षाकर्मी परिवारहरूकाे वास्तविक घटनामा आधारित पुस्तक ‘झझल्को’ विमाेचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको छ।
कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले भने, ‘दश वर्ष लामाे द्वन्द्वमा अत्यन्तै अमानवीय तरिकाले मान्छेहरू मारेर नराम्राे काम गरियाे। महान जनयुद्घको नाम दिएर राजनीति गर्नेहरूकै कारणले हजारौं परिवार एक्लिएका छन्। सबै घाइते परिवारप्रति हामी सधैँ सँगै, हिजो पनि थियौँ, आज पनि छौँ। तिनीहरू सच्चा सहिद हुन्।’
प्रधानमन्त्री ओलीले घाइते परिवारलाई सरकारका तर्फबाट रोजगारी र शिक्षाको व्यवस्थापन गरिने प्रतिबद्घता समेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘जनयुद्घ भन्ने कुरा प्रचण्डपथ हो। त्यसको प्रमाणपत्र नलिएर तपाईंहरूले राम्रो गर्नु भयो। त्यस बेला लडेकालाई म दाेष दिन्नँ। उनीहरूको आँखामा प्रचण्डपथको चश्मा लगाइएको थियो। यो तीन वर्ष मैले प्रचण्डपथ छुटाइदिएकाे थिएँ। तर, देखिरहनुभएको छ, अहिले फेरि सुरु भएकाे छ।’
आज बिहीबार मात्रै प्रचण्डले गरेको आमहड्तालतर्फ इंगित गर्दै उनले आक्रोश व्यक्त गरे, ‘बाटाेमा तरकारी बेचेर हिँड्ने आमाकाे टमाटर फ्यालेर के गर्न खाेजेका हुन्?’