ओलीको सभाका लागि दरबारमार्गमा हटाइयो फलामका डिभाइडर
फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते १८:५२
काठमाडौं। काठमाडौं महानगरपालिका-१ स्थित दरबारमार्गमा राखिएको डिभाइडर हटाइएको छ।
बिहीबार बिहान दरबारमार्ग विकास बोर्ड र काठमाडौं महानगरपालिकाले सो डिभाइडर हटाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडि सभा गर्ने घोषणा गरेका थिए।
प्रदर्शन तथा सभा गर्नेक्रममा भीडभाडमा असहजता नहोस् भनेर डिभाइडर हटाइएको बोर्डका एक कर्मचारीले बताए।
तीन सय मिटर लामो सो डिभाइडर पुन: राख्न मिल्ने खालको भएको उनले बताए।
कार्यक्रमपछि ती डिभाइडर फेरि हालिने उनले बताए।