९ सयले घट्यो सुनको भाउ, तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार
फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते १४:५६
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ।
बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य ओरालो लाग्दा आज प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजाबी सुनको मूल्य पनि तोलामा ९०० रुपैयाँ नै घटेको छ। बुधबार ९१ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९० हजार ६०० रुपैयाँ तोकिएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले ओरालो लागेको छ। बुधबार १ हजार ३ सय २० मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।