साँझ ६ बजेपछि आमहड्ताल फिर्ता -प्रवक्ता श्रेष्ठ
फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते १४:५५
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले घोषणा गरेको एकदिने आमहड्ताल साँझ ६ बजेपछि फिर्ता हुने जनाइएको छ।
संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरोधमा आज एकदिने आम हड्तालको घोषणा प्रचण्ड-माधव समूहले गरेको हो। साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।