बिहीबार, जेठ १८, २०८०

म्यानमारको सैन्य ‘कू’ असफल पार्न राष्ट्रसंघको अपील

फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते १२:५४

एजेन्सी । संयुक्त राष्ट्रसंघले म्यानमारमा भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेको छ।

राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका हुन्।

बहुमत जनादेशलाई उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसले बताएका छन्।

गएको सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो। सेनाले देशमा एक वर्षका लागि संकटकाल लागू गरेको छ।

विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ।

तपाइँको प्रतिक्रिया