सोमबार, चैत ६, २०७९

बन्दप्रति नागरिक अगुवाकाे प्रतिक्रिया : बन्द हड्तालको रचनात्मक विकल्प थिएन र ?

फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते १२:५३

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले घोषणा गरेको आमहड्तालको सर्वत्र विरोध हुन थालेको छ।सामाजिक सञ्जालमा नागरिक अगुवा, निजी क्षेत्र र नागरिकले आलोचनात्मक टिप्पणी गर्न थालेका छन्।

समस्याको शान्तिपूर्ण समाधान खोज्नुको साटो नागरिकलाई दुःख दिने काम भएको भन्दै आलोचना भइरहेको छ। अभियन्ता कनकमणि दीक्षितले नागरिकलाई उर्दी जारी गरेर बन्द हड्तालको घोषणा हुनु दुःखद् भएको बताउनु भएको छ।

यस्तै, मानवअधिकारकर्मी मोहना अन्सारीले पनि बन्द हड्तालको विरोध जनाउनु भएको छ। यस्तै लेखक खगेन्द्र संग्रौलाले राजनीतिक पार्टीले बन्दको साटो अझै पनि रचनात्मक कार्यक्रम गर्न नसकेको भन्दै टिप्पणी गर्नु भएको छ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नागरिकको काम गरी खान पाउने अधिकार कुण्ठित गरिएको भन्दै विरोध जनाउनु भएको छ।

उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले बन्द हड्तालको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन्।

तपाइँको प्रतिक्रिया