शुक्रबार, असोज १४, २०७९

दाहाल–नेपाल समूहकाे बन्दले जनजीवन प्रभावित, दर्जनौं कार्यकर्ता पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते ८:४०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले गरेको आमहड्तालका कारण जनजीवन प्रभावित भएको छ।आमहड्ताल सफल बनाउन सडकमा उत्रिएका नेकपाका दर्जर्नौ कार्यकर्ता पक्राउ परेका छन्।

हड्ताल सफल बनाउन बिहानैदेखि सडकमा उत्रिएका कार्यकर्ताहरु र बाग्लो रुपमा परिचालन गरिएका सुरक्षाकर्मीबीच झडपसमेत भएका छन्।

बिहानै केही स्थानमा आन्दोलनकारीमाथि सुरक्षाकर्मीले धरपकड गरेको नेकपा दाहाल–नेपाल समूहले जनाएको छ । पार्टी केन्द्रीय सदस्य तथा युवा संगठनका संयोजक रामप्रसाद सापकोट दीपशिखाले सामाखुसीबाट बिहान ६ बजे अगावै युवा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

यसैबीच राजधानीको सामाखुसीबाट ५ कार्यकर्ता पक्राउ परेका छन्।

राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटाले गोंगबु–सामाखुसीबाट एकाबिहानै मिलन तामाङ, समीर तामाङ, रमेश तामाङ, राज कुमार तामाङ र राजेन्द्र पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको बताए।

त्यस्तै, राजधानीका विभिन्न स्थानबाट गणेश देवकाेटालगायत दर्जनौं कार्यकर्ता पक्राउ परेको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका स्वकीय सचिव सुरेश श्रेष्ठले जानकारी दिएका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि दाहाल–नेपाल समूहले आकस्मिक रुपमा हड्ताल घोषणा गरेकाे हाे।

तपाइँको प्रतिक्रिया