सोमबार, चैत १३, २०७९

बिहानै अज्ञात समूहद्वारा ट्याक्सीमा आगजनी, बन्द गर्ने ५६ व्यक्ति प्रहरीको नियन्त्रणमा

फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते ८:३८

काठमाडौं । आज बिहानै काठमाडौं गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्। बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा अज्ञात समूहले आगजनी गरेका हुन्।

ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको महानगरीय प्रहरीले जनाएको छ।

दाहाल–नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए। संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो।

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्। अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५६ जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया