शुक्रबार, असोज २१, २०७९

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित दर्जनाैं नेता–कार्यकर्ता पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते ८:३७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार गरेको आमहड्तालका क्रममा प्रहरीले नेतृ अष्टलक्ष्मी शाक्यसहित दर्जनाैं नेता–कार्यकर्ता पक्राउ गरेकाे छ।

हड्ताल सफल बनाउन कलंकी क्षेत्रकाे नेतृत्व गर्दै सडकमा उत्रिएकी शाक्यसहित नेता–कार्यकर्ता कलंकीबाट पक्राउ परेका हुन्।

नेकपाकाे बन्द कार्यक्रम असफल बनाउन गृहमन्त्रालयले सुरक्षा व्यवस्था कडा पारेको बताएकाे छ।

कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्य, अमृता थापा मगर, सुभद्रा भुजेलसहित दर्जनाैं नेता–कार्यकर्ता पक्राउ परेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका स्वकीय सचिव सुरेश शाक्यले जानकारी दिएका छन्।

नेपाल–दाहाल समूहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो।

त्यसैगरी, उपत्यकाबाट बिहानदेखि अहिलेसम्म ७० नेता कार्यकर्ता पक्राउ परेको प्रहरी स्रोतले न्यूजकाष्टनेपाललाई जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया