बुधबार, मंसिर १३, २०८०

अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १६:५०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन्। विवादकाबीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन्।

नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले भनेका छन्, ‘राजीनामा दिएर म आयोगबाट बिदा भइसकेँ।’ यद्यपि उनले राजीनामा दिनुको कारण भने खुलाउन चाहेनन्।

यसअघि बुधबार बिहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन्। प्रमुख आयुक्त राईले बुधबार नै पदभार सम्हालिसकेका छन्।

राई पदभार ग्रहणका लागि पुग्दा आयुक्त सावित्री थापा गुरुङ भने उपस्थित थिइन्।

तपाइँको प्रतिक्रिया