शुक्रबार, जेठ २६, २०८०

ललिता निवास जग्गा हिनामिना गर्ने गुरुङ अदालतमा उपस्थित

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १५:२०

काठमाडौँ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास (ललिता निवास)को जग्गा हिनामिनामा संलग्न व्यवसायी मीनबहादुर गुरुङ विशेष अदालत उपस्थित भएका छन्। मुद्दा दायर भएको एक वर्षपछि उनी आज अदालतमा उपस्थित भएका हुन्।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङको बयान लिई थुनछेक आदेश दिनेछ। उनीविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर आफ्नै नाममा ल्याउन उनले आर्थिक लगानी गरेको आयोगको छानबिनमा भेटिएको छ। भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिकसमेत रहेका गुरुङले सो जग्गालाई अहिले स्टोरका रूपमा प्रयोग गर्दै आइरहेका छन्।

तपाइँको प्रतिक्रिया