शनिबार, असोज १५, २०७९

न्यायाधीश सिन्हाको प्रश्नले प्रधानमन्त्रीका वकिल नाजवाफ

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १५:१८

काठमाडौँ । संसद विघटनसम्बन्धी मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा न्यायाधीशले राष्ट्रपति कार्यालयको सूचना र मन्त्रिपरिषदको निर्णयको व्यहोरामा भएको फरकबारे प्रश्न उठेको छ।

संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहुमतप्राप्त संसदीय दलको नेताको हैसियतमा मिति २०७४–११–०३ मा प्रधानमन्त्रीमा नियुक्ति भएको व्यहोरा उल्लेख गरेको र राष्ट्रपतिले धारा ७६ (२) बमोजिम (दुई वा दुई भन्दा बढी दल मिलेर) प्रधानमन्त्री नियुक्त भएको सूचना जारी गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले कुन गल्ती हो भनी प्रश्न गरेका हुन्।

मन्त्रीपरिषद र राष्ट्रपतिले बुझाएको जवाफी पत्रबीच प्रधानमन्त्री नियुक्त भएको धारा दुईथरी उल्लेख भएपछि दुईमध्ये एकलाई गलत मान्नुपर्ने स्थिति सिर्जना भएको हो। त्यसै सन्दर्भमा, मन्त्रीपरिषदको गल्ती हो या राष्ट्रपतिको गल्ती हो भन्ने प्रश्न न्यायाधीश सिन्हाले गरेका हुन्। प्रधानमन्त्रीले बुझाएको जवाफी पत्रमा भने नियुक्त भएको कुरा भएपनि धारा भने उल्लेख गरिएको छैन।

न्यायाधीश सिन्हाको प्रश्नले प्रधानमन्त्रीका वकिल नाजवाफ बनेका छन्।

तपाइँको प्रतिक्रिया