बुधबार, चैत ८, २०७९

नेपालको नयाँ नक्सा कक्षा ८ र ११ मा राखिने

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १५:१६

काठमाडौँ। सरकारले जारी गरेको नयाँ नक्सासहित कक्षा ८ र ११ को पाठ्यक्रम तयार भएको छ। सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग समेटेर पाठ्यक्रम तयार पारेको हो।

यसअघि केही त्रुटि भएकाले नयाँ नक्सालाई पाठ्य पुस्तकबाट हटाएको जनाइएको छ। योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो विरोध भएको थियो।

भारतले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूभाग समेटेर नक्सा जारी गरी नेपालको संविधानसमेत संशोधन भई पारित भएको थियो। सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको थियो।

सरकारले आफ्नो भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै यस कामको देशैभर स्वागत भएको थियो।

तपाइँको प्रतिक्रिया