मंगलबार, असोज ११, २०७९

ओलीविरुद्ध प्रचण्ड–माधव पक्षले देशभर आम हड्ताल गर्दै

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १५:१५

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपाल समूहले बिहीबार देशभर आम हड्ताल गर्ने भएको हो।

संवैधानिक निकायहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्ती केन्द्र बनाएको भन्दै पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै आम हड्ताल गर्ने निर्णय गरेको हो। पार्टी कार्यालयका सचिव गंगालाल तुलाधारले श्रीपेचविनाको राजा केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन आम हड्ताल गर्नु परेको बताए।

यसबारे थप जानकारी दिन नेकपाको पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरिएको छ।

तपाइँको प्रतिक्रिया