बिहीबार, जेठ १८, २०८०

श्रीपेचविनाको राजा ओलीलाई सडकमा ल्याउने घोषणा

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १५:१४

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपाल समूहले बिहीबार देशभर आम हड्ताल गर्ने भएको हो।

नेकपाको पार्टी कार्यालय सचिव गंगालाल तुलाधारले यस किसिमको आन्दोलन पहिलोपटक हुने जानकारी दिए। ‘हामीले श्रीपेचविनाको राजा केपी शर्मा ओलीलाई जुनसुकै अवस्थामा पनि सडकमा ल्याउछौँ,’ उनले भने, ‘भोलिको आम हड्तालमा सरकारले जुन किसिमको व्यवहार गर्छ, त्यसको ‘टिट फर ट्याट’ हुन्छ।’

संवैधानिक निकायहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्ती केन्द्र बनाएको भन्दै पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै आम हड्ताल गर्ने निर्णय गरेको हो।

सरकारले राज्य हिंसाको बाटो नअपनाए भोलि एकदिन मात्रै आम हड्ताल हुने सचिव तुलाधारले बताए।

तपाइँको प्रतिक्रिया