बुधबार, चैत ८, २०७९

विवाह गर्दै गायिका अञ्जु पन्त

फ्ल्यासन्युज नेपाल२०७७ माघ २० गते १५:३६

काठमाडौं । गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् । इलामका थिर कोइरालासँग उनको विवाह हुन लागेको बताइएको छ ।

अञ्जु र आफ्नो विवाह हुन लागेको थिरले पुष्टि गरे । “हामी विवाह बन्धनमा बाँधिने कुरा सत्य हो । तर, तत्काल भने होइन,” थिर भन्छन्, “दुबै परिवारबीच कुरा भइरहेको छ । करिव एकवर्ष भित्र विवाह हुनसक्छ ।”

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका खबरहरुले आफूहरुलाई चाँडो विवाहका लागि थप दबाब सिर्जना भएको थिर बताउँछन् ।

करिब तीन वर्ष अगाडि उनीहरुबीच चिनजान भएको थियो । एक वर्षदेखि ‘रिलेसनसिप’मा रहेका छन् । थिर २० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् । थिर गीतकार हुन् ।

सुरुमा मनोजराजसँग विवाह गरेकी अञ्जु केही वर्ष यता सम्बन्ध विच्छेदपछि एक्लै बस्दै आएकी छिन् । उनकी छोरी परितोशिका पनि मोडलिङमा प्रवेश गरिसकेकी छिन् ।

तपाइँको प्रतिक्रिया