शुक्रबार, असोज १४, २०७९

नेपालीको फोक्सो र मुटुसँग प्रतिस्पर्धा गर्न दुनियाँलाई गाह्रो छ : प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७७ माघ २० गते १५:३१

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको फोक्सो र मुटुसँग दुनियाँले प्रतिस्पर्धा गर्न नसक्ने तर्क गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘लेक लाग्ने ठाउँमा पनि सामान्य रुपमा जीवन व्यतित भइरहेको छ । हाम्रो भूगोल नै यस्तै छ, त्यस्ता ठाउँमा भारी बोकेर सुगठित भएको मसल त्यस्ता ठाउँमा धड्किन बानी परेको मुटु र त्यस्ता ठाउँमा हावा खान बानी परेको फोक्सोसँग प्रतिस्पर्धा गर्न दुनियाँलाई गाह्रो छ ।’

उनले चिसो याममा माउन्ट केटूको आरोहण यही कारणले सम्भव भएको समेत दाबी गरे । ‘केटूमा माइनस ६५ तापक्रम र मान्छे उडाउनेजस्तो हावाको बेगका बाबजुद १० जना नेपालीले जाडो याममा सफल आरोहण गर्नुभयो । अरु कसैले आँट गरेका थिएनन् । यो निकै सहसी र असाधारण काम हो ,’ ओलीले भने ।

ओलीले खेललाई जीवनको अंग बनाउन सबैलाई आग्रह गरेका छन् । व्यक्तिगत स्वास्थ्यका लागि समेत खेलकुद अपरिहार्य रहेको ओलीको भनाइ छ । खेलकुदमा नेपालीहरुको सम्भावना प्रबल रहेका भन्दै उनले त्यसमा सरकारले आवश्यक सहयोग गर्ने बताए ।

तपाइँको प्रतिक्रिया