मंगलबार, मंसिर २०, २०७९

अनुगमनको बहाना पार्दै मन्त्री थापा विप्लव नेता भेट्न जेल पुगे

फ्ल्यासन्युज नेपाल२०७७ माघ २० गते १४:१३

काठमाडौँ । मंगलबार बिहान खानेपानी मन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन्।

मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेको कारागार स्रोतले जानकारी दिएको छ। कारागारको निरीक्षण समेत गरी उनले विप्लव नेता सुदर्शन वलीसँग संवाद गरेका छन्। संसद विघटनको घटनासँगै नेपाल कम्युनिस्ट पार्टी दुई खेमामा बाँडिएपछि ओली पक्षले पूर्व माओवादी खेमाका नेताहरूलाई आफ्नो समूहमा तान्ने प्रयास लुक्न सकेको छैन। मन्त्री थापा पनि सोही उद्देश्यका साथ नेता सुदर्शनलाई बेट्न कारागार गएको अनुमान चौतर्फी भएको छ।

सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहँदा मन्त्री थापा नेता सुदर्शनलाई भेट्न कारागार पुगेका हुन्।

तपाइँको प्रतिक्रिया