बुधबारको लागी बोलाएको संवैधानिक परिषद् बैठक स्थगित
फ्ल्यासन्युज नेपाल२०७७ माघ २० गते १४:११
काठमाडौं । भोली बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित गरिएको छ । बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ’आज यस्तो सूचना पठाएर बैठक स्थगित भएको परिषद् सदस्यहरुलाई जानकारी गराइएको छ।
यसअघि सभामुख अग्नि सापकोटाले विभिन्न आयोगका प्रमुख तथा सदस्यहरु नियुक्तिका लागि परिषद्ले गरेको सिफारिस फिर्ता पठाएका थिए ।
प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र अघिल्लो नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको भन्दै आलोचना समेत भएको थियो ।
सरकारले अध्यादेश ल्याएर ३० मंसिरमा परिषद्ले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो ।