बुधबार, चैत ८, २०७९

म्यानमारको सैनिक ‘कू’ बारे बोल्यो नेपालको कडा प्रतिक्रिया, गिरफ्तार गरिएकालाई तत्काल रिहा गर्न आह्वान

फ्ल्यासन्युज नेपाल२०७७ माघ २० गते ९:००

काठमाडौं । नेपालले म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएको छ ।

म्यानमारमा सोमबार भएको सैनिक ‘कू’ लाई लिएर औपचारिक धारणा सार्वजनिक गर्दै सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको हो ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सरकारले राष्ट्रपति यू विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुचीलगायतको गिरफ्तारीमा चासो रहेको पनि उल्लेख गरिएको छ ।

सरकारले गिरफ्तार गरिएका सम्पूर्णको तत्काल रिहाईको आह्वान समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया