दाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बबरमहलस्थित कार्की व्यांक्वेटमा बसेको चौथौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ भने विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णय समेत गरेको छ।प्रचण्डले गरेको प्रस्तावमा बैठकले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट र विष्णु पौडेललाई महासचिवबाट हटाउने स्थायी कमिटीको निर्णय पनि अनुमोदन गरेको छ ।
गएको माघ ११ गते पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो।
दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।तर निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गर्ने निर्णय गरेको छ ।