बिहीबार, जेठ १८, २०८०

रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा

फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते १७:३३

काठमाडौँ एथ्लेटिक विल्वाओलाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ। कप्तान लिओनल मेसी र एन्टोनी ग्रीजमनको गोल मद्दतमा बार्सिलोनाले विल्वाओलाई २-१ ले पराजित गरेको हो।जितपछि बार्सिलोनाले रियल मड्रिडलाई पछि पारेको छ।

खेलको २० औं मिनेटमा मेसीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। बार्सिलोनाको लागि मेसीको यो ६५०औं गोल समेत हो।

४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो। त्यसपछि ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

जितपछि २० खेलबाट ४० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। समान अंक भए पनि बार्सिलोनाले रियललाई गोल अन्तरमा पछि पारेको हो।

विल्वाओ २४ अंकसहित ११ औं स्थानमा रहेको छ।

तपाइँको प्रतिक्रिया