म्यानमारको ‘सैनिक कु’विरुद्ध काठमाडौँमा विरोध
फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते १६:५९
काठमाडौँ। म्यानमारमा भएको ‘सैनिक कु’विरुद्ध आज ४ः३० बजे काठमाडौँमा आन्दोलन हुने भएको छ। ‘बृहत नागरिक आन्दोलन’ले काठमाडौँस्थित माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको हो।
अनामनगरस्थित युनियन हाउसमा भएको छलफलबाट आकस्मिक रुपमा म्यानमारमा भएको ‘सैनिक कु’विरुद्ध प्रदर्शन गर्ने भएको हो। नागरिक आन्दोलन समूहले नेपालमा गत पुस ५ गते भएको संसद विघटनविरूद्ध आन्दोलन गर्दै आइरहेको छ।
आइतबार म्यानमारमा सैनिकले कु गरी सत्ता आफ्नो हातमा लिएको छ। यससँगै नेत्रृ आङसाङ सुकीलाई जेल हाल्ने भएको छ।