शनिबार, असोज १५, २०७९

कमलपोखरी स्पोर्टस् क्लबको भवनमा महानगरले गर्यो रातारात आक्रमण (फोटो फिचर)

फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते १२:४६

काठमाडौँ । कमलपोखरी पुनःनिर्माण विषयक विवाद चर्किरहँदा गएराति कमलपोखरी भित्र रहेको “कमलपोखरी स्पोर्ट्स क्लब” को भवनमाथि काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ।

डोजर चलाएसँगै भवनभित्र रहेका बहुमूल्य सम्पत्ति र कागजपत्र हराएको क्लबका अध्यक्ष भिमसेन मैनालीले जानकारी दिएका छन्। भवन भत्काएसँगै भवनमा रहेको सानो विद्यालय र साना बालबालिकामा समेत असर परेको छ। यो घटनासँगै स्थानीयवासीहरू आक्रोशित भई विरोधमा उत्रिएका छन्।

तस्बिरहरूः

तपाइँको प्रतिक्रिया