बुधबार, जेठ २४, २०८०

प्रचण्ड-माधव समूहको केन्द्रीय समिति बैठक सर्यो

फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते १२:४५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको आज बिहान ११ बजे हुने भनिएको केन्द्रीय समितिको बैठक सरेको छ। बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको हो।

केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। गत पुस ५ गते विघटित संसदको पुनःस्थापनाका लागि र पार्टी आधिकारिकता आफ्नो समूहले पाउनुपर्ने विषयमा प्रचण्ड-नेपाल समूह विश्वस्त भएको ढकालले जानकारी दिएका छन्। संसद विघटन गरिएसँगै निरन्तर आनोलनमा लागिरहेको यो समूहले बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको छ भने आउँदो माघ २८ गतेका लागि राजधानीमा पुनः बृहत् विरोधसभा गर्ने तयारी गरेको छ।

तपाइँको प्रतिक्रिया