सोमबार, चैत १३, २०७९

कक्षा १२ को परीक्षा सार्वजनिक, साढे ११ हजार विद्यार्थीको परीक्षा स्थगित

फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते १२:४४

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा सार्वजनिक गरेको हो।

प्रकाशित नतिजाअनुसार १ जना विद्यार्थीको रद्द भएको छ। यस्तै, ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ। कुल चार लाख ३३ हजार २ सय ७१ जनामध्ये बाँकी परिक्षार्थी पास भएको परीक्षा नियन्त्रकले जनाएको छ।

वर्षको सुरुमा नै लिँदै आएको कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा सकिएको थियो। परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो। बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्रै संक्षिप्त परीक्षा लिएको थियो।

कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गर्ने निर्णय गरेको थियो।

यस वर्ष देशभर चार हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। यसअघि एक हजार १ सय परीक्षा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुँदै आएको थियो।

कोरोना महामारीबीच पनि विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए।

विद्यार्थीले एनटीसीको सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सक्ने छन्।

तपाइँको प्रतिक्रिया